२०८२ फाल्गुन ६ | Feb 18, 2026

मदिरा सेवनका कारण हरेक वर्ष २२ हजार श्रीलङ्कालीको मृत्यु हुन्छ ।

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन १७
|
918 views

मदिरा सेवनका कारणले उत्पन्न समस्याका कारणले गर्दा वार्षिक करिब २२ हजार श्रीलङ्कालीहरूको मृत्यु हुने गरेको तम्बाकू र मदिरा सम्बन्धी राष्ट्रिय प्राधिकरणका अधिकारीहरुले शुक्रबार जनाएका छन् । श्रीलङ्काले विश्व आत्म संयम दिवस मनाउँदै गर्दा पत्रकारहरूसँग कुरा गर्दै, नेशनल अथोरिटी अन टोब्याको एन्ड अल्कोहलका अध्यक्ष डा. आनन्द रत्नयाकाले रक्सीको प्रयोग देशमा सार्वजनिक स्वास्थ्यका लागि महत्त्वपूर्ण खतरा बनेको उल्लेख गर्दै २१ प्रतिशत जनसङ्ख्याले रक्सी पिउँने गरेको बताउनु भएको छ । श्रीलङ्कामा मदिरा सेवनका खतराहरूबारे चेतना जगाउने र स्वस्थ जीवन शैलीलाई प्रोत्साहित गर्ने उद्देश्यले राष्ट्रव्यापी कार्यक्रमहरूको श्रृङ्खलाका साथ देश भरि विश्व समानुभूति दिवस मनाइन्छ । यस पर्वको अवसरमा श्रीलङ्का भरिका सबै मदिरा पसलहरू शुक्रबार बन्द रहन्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया