२०८२ फाल्गुन ६ | Feb 18, 2026

मन्त्रिपरिषद् विस्तारको तयारी, स्वास्थ्य तथा जनसङ्ख्या, श्रम तथा रोजगार, पर्यटन र युवा तथा खेलकुद मन्त्रालयले पाउँदैछन् मन्त्री

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक ९
|
2.6k views

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन् । कार्कीले आज थप चार मन्त्रालयमा नयाँ मन्त्रीहरु थप्ने तयारी गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या, श्रम तथा रोजगार, पर्यटन र युवा तथा खेलकुद मन्त्रालयमा आज मन्त्री नियुक्त गरिने भएको छ ।

जसमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा डा. सुधा गौतम, श्रम तथा रोजगार मन्त्रालयमा खगेन्द्र सुनार, पर्यटन मन्त्रालयमा गणपतिलाल श्रेष्ठ र युवा तथा खेलकुद मन्त्रालयमा बब्लु गुप्तालाई नियुक्त गर्न लागिएको हो ।

यी चारै मन्त्रालयका रिफारिस भएको मन्त्रीहरुलाई आजै शपथ खुवाउने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया