
ललितपुर । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् ११ सदस्यीय बनाउने तयारी गरेकी छन् । बीबीसी नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्तामा कार्कीले मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा जनाको हुने बताएकी हुन् । मन्त्रालयको जिम्मेवारी कसको के क्षमता छ त्यो अनुसार हेरेर विषय विज्ञलाई दिने पनि उनले बताएकी छन् ।
शुक्रबार प्रधानमन्त्री नियुक्त कार्कीले आइतबार तीन जना मन्त्री नियुक्त गरेकी छन् । आफ्नो मुख्य म्याण्डेट आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्नु रहेकाले दलहरूले पनि स्वीकार गर्ने पात्रलाई मन्त्री बनाउने उनको तयारी रहेको छ ।
उनले आन्दोलनका क्रममा भएको क्षति र ज्यादतीको छानबिन गर्न गठन हुने उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग तीन सदस्यीय हुने पनि जानकारी दिएकी छन् । आयोगलाई छानबिनका लागि एक महिनाको समय दिइने र त्यो समयमा काम गर्न नसकिने १५ दिन थप्ने बताएकी छन् । सोमबार बसेको पहिलो बैठकले आन्दोलनका क्रममा भएको क्षति र ज्यादतीको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको थियो ।
उनले मन्त्रिपरिषद् पूर्ण भएपछि भ्रष्टाचार छानबिनका लागि पनि आयोग बनाउने बताइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया