२०८२ फाल्गुन ६ | Feb 18, 2026

माइतीघरमा जेनजी आन्दोलन : चुनाव होइन, सुशासन चाहियो भन्दै सरकारविरुद्ध नाराबाजी

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ७
|
2.1k views

ललितपुर । गत भदौको जेनजी आन्दोलन पश्चात् जेनजीसँग भएको सहमति अनुरुप वर्तमान अन्तरिम सरकारले काम गर्न नसकेको भन्दै जेनजी अगुवा मिराज ढुंगााको नेतृत्व समुहले आज काठमाडौंको माइतीघरबाट आन्दोलनको सुरुवात गरेको छ । उनीहरुले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो,’ लेखिएका प्लेकार्ड बोकेका छन् ।

आइतबार पत्रकार सम्मेलन मार्फत् आन्दोलनको घोषणा गरेको जेनजी मिराज ढुंगाना समूहले अन्तरिम सरकारविरुद्ध आज बिहानदेखि नै माइतीघरमा विरोध प्रदर्शन गरिरहेको छ । प्रदर्शनमा रविकिरण हमाल, निकोलस भुसाल लगायतका व्यक्तिहरु छन् ।

यतिबेला शान्तिपूर्ण आन्दोलनमा जेनजी युवाहरुले सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । जेनजीका विगतका माग पूरा नगरेको भन्दै उनीहरुले सरकारविरुद्ध नै सडक आन्दोलन सुरु गरेका हुन् ।

यतिबेला जेनजी समुहको प्रदर्शनका कारण काठमाडौंको माइतीघर, थापाथली, बबरमहललगायतका क्षेत्रमा ट्रापिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । आन्दोलनमा प्रहरी तथा शुरक्षा निकायको भने बाक्लो उपस्थिति छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया