बागलुङ । बागलुङमा मानव सेवा आश्रमको भवन निर्माणका लागि ९ करोड ६९ लाख रुपैयाँ संकलन भएको छ । आश्रमको बागलुङ शाखाको भवन निर्माणका आयोजना गरिएको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञबाट उक्त रकम संकलन भएको हो । कात्तिक २१ गतेबाट बागलुङ नगरपालिका–४ स्थित आश्रम निर्माणका लागि आयोजित महायज्ञ हिजो (शनिबार) समापन गरिएको थियो ।
महायज्ञमा शुक्रबार एकै दिनमात्र रु. एक करोड ३४ लाख सङ्कलन भएको थियो । बिहीबार सबैभन्दा बढी रकम रु. एक करोड ६२ लाख सङ्कलन भएको महायज्ञ आयोजक समितिका कोषाध्यक्ष सरिता गौतमले जानकारी दिए । महायज्ञमा रु १० करोड सङ्कलन गर्ने लक्ष्य राखिएकामा लक्ष्यको नजिक पुगेको बताउँदै अझै पनि अनलाइनमार्फत सहयोग आउनेक्रम जारी रहेको उनले बताए ।
महायज्ञमा शनिबार सबैभन्दा बढी रकम बागलुङ नगरपालिका–४ उपल्लाचौरका ऋषिराम गौतम तथा सरिता गौतमले रु छ लाख नौ हजार सहयोग प्रदान गरे । शनिबार आश्रमका चार कोठा निर्माणका लागि एकमुष्ट रु २० लाख सहयोग प्राप्त भएको छ । आश्रम एक कोठा निर्माणका लागि रु पाँच लाख ११ हजार संस्थागत रूपमा समेत प्राप्त भएको छ ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया