|
|
२०८२ पुष ११
2.3k views
पाकिस्तानी सेना प्रमुख असिम मुनिरलाई “कायर” भन्दै आएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका पूर्वसल्लाहकार मिर्जा शहजाद अकबरलाई आफ्नै निवासमा आक्रमण गरिएको छ । आक्रमणकारीले उनको नाक र बंगारा भाँचिदिएका छन् । उनीमाथि क्याम्ब्रिज सहरस्थित आफ्नै घरमा रहेका बेला आक्रमण गरिएको हो ।
पाकिस्तानबाट भागेपछि मिर्जामाथि यसअघि पनि उनीमाथि आक्रमण गरिएको थियो । उनले यो आक्रमणका निम्ति पाकिस्तानी सेना प्रमुख असिम मुनिरलाई जिम्मेवार ठहर्याएका छन् ।
मिर्जामाथिको आक्रमणको कारण उनको एक भनाइलाई मानिएको छ । उनले केही समयअघि असिम मुनिरलाई ‘कायर’ भनेका थिए । आक्रमणमा उनको अनुहारमा गम्भीर चोट लागेको छ । नाक र बंगारा ‘फ्याक्चर’ भएको छ । आक्रमणलगत्तै उनलाई अस्पतालमा भर्ना गरिएको छ । उनको उपचार जारी छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया