२०८२ भाद्र २४
1.5k views

ललितपुरं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले जेनजीहरूलाई संयमित हुन आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमाफर्त यस्तो आग्रह गर्दै भनेका छन् ‘तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ, तयार रहनुहोला !’
उनले जेनजीहरूलाई नेपाली सेनाको प्रमुखसँग वार्ता गर्न तयार रहन पनि आग्रह गरेका छन् । बालेनले सेनासँग वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्ने पनि बताएका छन् । उनले भनेका छन् ‘याद रहोस् वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ,’।
फेसबुकबाट तपाईको प्रतिक्रिया