२०८२ फाल्गुन ६ | Feb 18, 2026

यस्ता सात प्रकारका रोग लागेकाले पाउँदैनन् अमेरिकाको भिसा

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २४
|
18.2k views

ललितपुर । सात प्रकारका रोग लागेकाहरुलाई अब अमेरिकाको भिसा पाउन गाह्रो हुने भएको छ । अमेरिकाले आफ्नो भिसा नीतिमा थप कडाइ गर्दै यस्तो निर्णय गरेको हो ।
गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले जारी गरेको नयाँ निर्देशनअनुसार मधुमेह, मोटोपना र क्यान्सर जस्ता दीर्घरोगीहरूलाई अब अमेरिका प्रवेश गर्न कठिन हुने भएको छ ।

ट्रम्प प्रशासनले जारी गरेको निर्देशन अनुसार यति कुनै व्यक्ति महँगो चिकित्सा वा सरकारी सहयोगमा भर पर्ने सम्भावना छ भने भिसा अस्वीकृत हुनेछ। हृदयरोग, श्वासप्रश्वास समस्या, क्यान्सर, मधुमेह, चयापचय रोग, स्नायु रोग र मानसिक स्वास्थ्य जस्ता ७ बिरामीले लाखौं डलर खर्च निम्त्याउन सक्छन्। मोटोपनलाई पनि दम, निद्रा समस्या र उच्च रक्तचापसँग जोडेर हेरिने छ।

यसलाई ट्रम्प प्रशासनको पहिलो कार्यकालको कडा नीतिको पुनरावलोकन भनिएको छ ।

यसअघि सन् २०१९ मा आप्रवासीहरूलाई मेडिकेड जस्ता लाभ त्याग्न समेत बाध्य पारिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया