२०८२ फाल्गुन ६ | Feb 18, 2026

राजस्थानको एक एसी बसमा आगलागी, २० जनाको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २९
|
8.5k views

नयाँ दिल्ली । भारतको राजस्थानको भाजैसलमेरबाट जोधपुर आउँदै गरेको एक एसी बसमा आगलागी हुँदा २० जना यात्रुको मृत्यु भएको छ। २० मृतकमध्ये १९ जना शव बसबाट बाहिर निकालिसकिएको राजस्थानका मुख्यमन्त्री भजनलाल शर्मा सहित घटनास्थल पुगेका विधायक प्रताप पुरीले सञ्चारमाध्यमलाई बताएका छन्।

एकजनालाई घाइते अवस्थामा जोधपुर रेफर गरिएको भए पनि उनको समेत मृत्यु भएर मृतकको संख्या २० पुगेको छ ।

बस आगलागीपछि दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री मोदीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “राजस्थानको जैसलमेरमा भएको बस आगजनीमा परी ज्यान गुमाउनेहरूप्रति म दुःखी छु। यस कठिन समयमा उहाँहरूका परिवारहरूसँग छु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु । ”

साथै प्रधानमन्त्री मोदीले प्रधानमन्त्री राहत कोषबाट प्रत्येक मृतकको परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा समेत गरेका छन्।

मंगलबार दिउँसो जैसलमेरबाट जोधपुर जाँदै गरेको एसी बसमा अचानक आगलागी हुँदा बस पूर्णरूपमा जलेर खरानी भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया