२०८२ जेष्ठ १९

ललितपुर । आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ ।
आन्दोलनको कार्यक्रममा पक्राउ परेका सबै रिहा भइसकेकाले आजको बन्दको कार्यक्रम फिर्ता लिइएको समितिले जनाएको छ । आइतबार काठमाडौंमा गरेको प्रदर्शनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंह लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा समितिले उपत्यका बन्द गर्ने घोषणा गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया