२०८२ फाल्गुन ६ | Feb 18, 2026

राष्ट्रियसभाका अध्यक्षसँग मन्त्री खनाल र सिन्हाको भेट

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १७
|
918 views


ललितपुर । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आज भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा दुवै मन्त्रीले अध्यक्षसँग छुट्टाछुट्टै भेट गरेका हुन् ।  भेटका क्रममा राष्ट्रियसभाको सभाकक्ष निर्माण, निर्वाचन, सरकार र संसद्बीचको समन्वय, सहकार्यलगायत समसामयिक विषयमा कुराकानी भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया