ललितपुर । नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको छ । जसमा आगामी माघ १ गतेदेखि नेपाल राष्ट्र बैंकले कारोबारको सीमा १० लाख रुपैयाँबाट घटाएर पाँच लाखमा झारेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट हुने नगद भुक्तानीको सीमामा व्यापक कटौती गर्दै नयाँ निर्देशन जारी गरेको हो।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले गत शुक्रबार अर्थात् २०८२ पुस २५ गते एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै नगद कारोबारको सीमा १० लाख रुपैयाँबाट घटाएर ५ लाख रुपैयाँमा झारेको छ।
गत शुक्रबाट नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक राम पौडेलद्वारा हस्ताक्षरित यो निर्देशन आगामी २०८२ माघ १ गतेदेखि देशभरका ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूमा अनिवार्य रूपमा लागू हुनेछ।नयाँ व्यवस्था अनुसार अब कुनै पनि निक्षेपकर्ता वा ग्राहकलाई ५ लाख रुपैयाँ वा सोभन्दा बढीको भुक्तानी गर्दा बैंकहरूले अनिवार्य रूपमा एकाउन्टपेयी चेक वा सम्बन्धित व्यक्तिको खातामा मात्र जम्मा हुने गरी विद्युतीय माध्यमबाट भुक्तानी गर्नुपर्नेछ। यसअघि १० लाख रुपैयाँसम्म नगद लिन पाइने व्यवस्था रहेकोमा अब त्यसलाई आधाले घटाइएको छ ।















फेसबुकबाट तपाईको प्रतिक्रिया