२०८२ फाल्गुन ६ | Feb 18, 2026

रिलायन्स स्पिनिङ मिल्सले डेडिकेटेड लाइनको पहिलो किस्तावापत २ करोड ७७ लाख रूपैयाँ बुझायो

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २०
|
1.2k views

ललितपुर । रिलायन्स स्पिनिङ मिल्सले ट्रंक तथा डेडिकेटेड लाइनको प्रिमियम महसुलको बक्यौता मध्य बिहीबार पहिलो किस्तावापत २ करोड ७७ लाख रूपैयाँ बुझाएको छ । पहिलो किस्ता तिरेपछि रिलायन्सको विच्छेद गरिएको विद्युत लाइन जडान गरिएको छ ।


सुनसरीमा सञ्चालित रिलायन्सले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो । यो उद्योगको कुल बक्यौता ७५ करोड ३७ लाख रूपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया