२०८२ फाल्गुन ६ | Feb 18, 2026

विद्युत् प्राधिकरणले पायो थप ३५ मेगावाट विद्युत् भारत निर्यातको अनुमति

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १८
|
1.1k views

ललितपुर । नेपाल विद्युत् प्राधिकरणले थप ३५ मेगावाट विद्युत् भारत निर्यातको अनुमति पाएको छ ।

प्राधिकरणले सेतीनदी जलविद्युत आयोजनाको २४.२५ मेगावाट र माथिल्लो तादीखोला जलविद्युत् आयोजनाको १०.७० मेगावाट विद्युत् निर्यात गर्ने भएको हो ।

प्राधिकरणलाई मंगलबार अर्थात् मंसीर १६ गते भारतको डेजीगेन्टेड अथोरिटी, सेन्ट्रल इलेक्ट्रीसिटी अथोरिटी (सीईए)ले मंसिर १६ गते निर्यातको अनुमति प्रदान गरेको हो । यससँगै प्राधिकरणले भारतमा मात्र विद्युत् निर्यात परिमाण १२०० मेगावाट पुर्याएको छ ।

हाल प्राधिकरणले २ वटा आयोजनाको ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै आएको छ भने हालै बंगलादेशमा सम्पन्न दुइपक्षीय वार्तामा थप २० मेगावाट विद्युत् निर्यात गर्ने समझदारी बनेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया