ललितपुर । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, पूर्वमाओवादी नेता जनार्दन शर्मा र पूर्वएकीकृत समाजवादीका नेता घनश्याम भुसालबीच सहकार्य गर्ने सहमती भएको छ ।
हरिसिद्धिस्थित विप्लव निवासमा भएको त्रिपक्षीय छलफलमा समग्र राजनीतिक पुनर्गठनका लागि तीनवटा विषयमा सहकार्य गर्ने सैद्धान्तिक सहमति भएको नेकपाले जनाएको छ । यसैबीच नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नाम, चुनाव चिन्ह, झन्डा र मार्गदर्शक सिद्धान्त (माओवाद) लाई यथावत् राख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ।
सन्दीप पुनसहित जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानका नेताहरूले शुक्रबार आयोग पुगेर निवेदन दर्ता गराएका हुन् । निवेदनमा पार्टीको वर्तमान कार्यसमिति ‘महाधिवेशन आयोजक समिति’ मात्र भएको र विधानअनुसार यो केवल कामचलाउ प्रकृतिको रहेको दाबी गरिएको छ।
उक्त काम चलाऊ आयोजक समितिले पार्टी जीवनमा दीर्घकालीन असर गर्ने कुनै पनि निर्णय गर्न नसक्ने, निवेदनमा उल्लेख छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया