
ललितपुर। विभिन्न विषयको छलफलसहित नेपाल निजामती कर्मचारी संगठनको तिनदिने दोस्रो केन्द्रीय बैठक तथा केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुक्रवारदेखी जारी छ । उक्त बैठक विविध निर्णहरु गरेर आज अर्थात् जेठ १८ गते सम्पन्न हुनेछ ।
सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रमा जारी उक्त बैठकमा संघीय निजामती ऐन, बजेटदेखि संस्थाका गतिविधीका विविध विषयमा पनि छलफल हुने जनाइएको छ । पदाधिकारी तथा सचिवालय बैठकका निर्णयहरु अनुमोदन, सांगठनिक तथा आर्थिक प्रतिवेदन, संगठनको विनियम २०८२, केन्द्रीय कार्य समितिमा मनोनयन, केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको कार्य विभाजन, उपहार कार्यक्रम २०८२, बक्यौता तथा वार्षिक लेवि सम्बन्धमा, वार्षिक कार्य योजना २०८२/०८३ लगायतका विषयमा छलफल गरि निर्णय गरिने कार्यक्रम रहेका छन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रमको अतिथिमा पोलिटव्यूरो सदस्य तथा पेशागत महासंघका इन्चार्ज रामेश्वर फुयाँँलको सहभागीता रहेको थियो । साथै पेशागत महासंगका नेताहरुका साथै संगठनका १ सय ७० जना नेताहरु मध्ये १ सय ५० भन्दा बढी केन्द्रीय सदस्यहरुको उपस्थिती रहेको छ ।
बैठकको दोस्रो दिन आज संगठनका महासचिव रामचन्द्र अधिकारीले सांगठनिक प्रतिवेदन पेश गर्नुका साथै संशोधित विधान तथा विनियममाथि छलफल भएको थियो । यसैगरी आर्थिक प्रतिवेदन संगठनकी कोषाध्यक्ष यामकुमारी सापकोटाले प्रस्तुत गरेकी थिइन् । महासचिवले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिवेदन संगसंगै विधान, विनियम लगायत माथि केन्द्रिय सदस्यहरुले बोल्ने क्रम जारी छ ।
सो वैठक संगठनकी केन्द्रीय अध्यक्ष भवानी न्यौपाने दाहालको अध्यक्षतामा भैरहेको संगठनका केन्द्रीय सदस्य इ. प्रमोद खतिवडाले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया