|
|
२०८२ पुष २१
12k views
पर्सा । वीरगञजमा कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले धार्मिक सद्भाव भड्किन नदिन दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको बताएको छ ।
धनुषामा मस्जिद तोडफोडको घटनापछि यहाँ बिहानैदेखि मुस्लिमहरूले र हिन्दूवादी संगठनहरूले समेत प्रदर्शन गरेका छन् । मुस्लिम र हिन्दू समुदाय एक–अर्काविरुद्ध प्रदर्शनमा उत्रिएपछि स्थिति नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि सभा, भेला तथा जुलुस प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको छ । सीडीओ भोला दाहालद्वारा जारी आदेशमा बसपार्क, सिर्सिया पुल, पावर हाउस चौक र शंकराचार्य गेटलाई निषेधित क्षेत्र तोकिएको छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया