२०८२ फाल्गुन ६ | Feb 18, 2026

वैरागीको नेतृत्वमा भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन समिति

BusinessPati बिजनेस पाटी
|
२०८२ असार १०
|
357 views

ललितपुर । सरकारले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको समितिको सदस्यमा गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरी पुस्कर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ, परराष्ट्र मन्त्रालयका सचिव अमृतकुमार राई लगायत रहेका छन् ।

समितिलाई उक्त प्रकरणमा अध्ययन गरेर प्रतिवेदन बुझाउन तीन महिनाको समय दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया