|
|
२०८२ जेष्ठ ४
357 views
ललितपुर । गत चैत १५ मा काठमाडौंको तिनकुनेमा भएको राजावादीहरुको हिंसात्मक आन्दोलनका कारण विवादित भई पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च आदलतले आदेश दिएको छ। सर्वोच्चका न्यायाधीशद्वय कुमार चूडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
चैत १५ गतेको काठमाडौँको तीनकुनेमा राजावादीको प्रदर्शनमा हिंसात्मक गतिविधि भएको र मिश्रले प्रदर्शनलाई हिंसातिर लैजान उक्साएको आरोपमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको थियो। मिश्रविरूद्ध आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा चलाउने तयारी थियो।
ललितपुरको जावलाखेलमा केही दिनदेखि मिश्रको रिहाइका लागि उनका समर्थकहरुले धर्नासमेत दिइरहेका छन् ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया