साउदी अरेबियाको बिन याला एक्सचेन्ज र नेपाल रेमिट बिच सम्झौता सम्पन्न

काठमाडौं १७ असार-साउदी अरेयिबामा नै अब्बल मानिएको बिन याला एक्सचेन्ज र विश्व भरबाट नेपालमा रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि.बीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सँगै साउदी अरेबियामा रहेका नेपालीहरुलाई रेमिट्यान्स् पठाउन अव अत्यन्तै सहज हुने भएको छ । नेपालीहरूले नेपाल रेमिट मार्फत साउदी अरेबियाको रेमिट्यान्स् काउन्टरहरुबाट मात्र नभई बिन याला एक्सचेन्जको मोर्बाइल एपबाट पनि नेपालका जुनसुकै बैंकको खाता तथा वालेटहरूमा रेमिट्यान्स् पठाउन सक्नेछन् । मोबाईल एप बाटै रेमिट्यान्स् पठाउन सकिने भएपछि साउदी अरेबियामा रहेका नेपालीहरूले आफु काममा रहेकै अवस्थामा पनि नेपालमा रेमिट्यान्स् पठाउन सक्ने भएपछि समय र खर्च दुबैको बचत हुनेछ ।


रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट कम्पनीका कार्यकारी अध्यक्ष रितेश मित्तल र बिन याला एक्सचेन्ज तर्फबाट प्रमुख कार्यकारी अधिकृत खुर्सान मुहम्मद हस्सन अल–याला ले हस्ताक्षर गरेका छन्।
सम्झौता पछि नेपाल रेमिटका कार्यकारी अध्यक्ष रितेश मित्तलले बिन याला एक्सचेन्ज सँग साझेदारी गर्न पाउदा हामी अति उत्साहित रहेको र यस रणनीतिक गठबन्धनले हामीलाई हाम्रो रेमिट्यान्स् करिडोरलाई बलियो बनाउन र हाम्रा ग्राहकलाई अझ बढी छिटो छरितो, सरल, सुलभ, र भरपर्दो रूपमा नेपालमा रकम पठाउन अझ सजिलो हुने बिस्वास ब्यक्त गरे।


नेपाल रेमिट इन्टरनेशनल प्रा.लि.ले विगत १९ वर्ष देखि नेपालमा विश्व भरका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्राउँदै आएको छ । डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिदै नेपाल रेमिटले विश्व भर रहेका रेमिट्यान्स् कम्पनीसँगको सहकार्यमा नेपालमा रहेका सबै बैँक तथा बित्तीय संस्थाहरुका ग्राहक खातामा रियल टाइममा नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ । यस सम्झौता संगै विदेशबाट पठाएको रकम बैँकिङ्ग च्यानल मार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले नेपालभर रहेका नेपाल रेमिटका २० हजार भन्दा बढि भुक्तानी काउन्टरहरुबाट रकम प्राप्त गर्न थप सहजिकरण हुनुका साथै गुणस्तरीय रेमिट्यान्स सेवा प्रदान गर्न सहज हुने छ ।
साउदी अरेबियामा रेमिट्यान्स सम्बन्धि कारोबार गर्ने एक मात्र एक्सचेन्ज कम्पनी, बिन याला एक्सचेन्जले नेपाल सँगसङै अन्य देशमा अत्याधुनिक प्रविधि प्रयोग गरी रेमिट्यान्स् पठाउन गरेको छ । साउदी अरेयिबाको जेद्दाहमा मूख्यालय रहेको बिन याला एक्सचेन्जले न्युनतम सेवा शुल्कमा रेमिट्यान्स् सेवा दिने भएकाले नेपालीहरुलाई थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया