ललितपुर । सालपा विकास बैंक लिमिटेडले यही पुस १६ गतेदेखि दोस्रो चरणको आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। यसअघि बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका पहिलो चरणमा आईपीओ निष्काशन गरेको थियो । उक्त आईपीओ बाँडफाँटपश्चात अब भने दोस्रो चरणमा बैंकले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
यसअघि नेपाल धितोपत्र बोर्डबाट बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।
त्यसमध्य बैंकले पहिलो चरणमा १ लाख ७२ हजार ३८८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। यसका साथै बैंकले ८६ लाख १९४ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ।
सो पश्चात् अब भने बैकले दोस्रो चरणमा बैंकले २६ हजार ११९ कित्ता शेयर बैंकका कर्मचारीहरुलाई सुरक्षित राखी बाँकी रहने १४ करोड ३९ ख १७ हजार ९०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ३९ हजार १७९ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।
उक्त सो आईपीओमा छिटोमा पुस २० गते र ढिलोमा पुस ३० गतेसम्म आवेदन दिन सकिनेछ भने लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।













फेसबुकबाट तपाईको प्रतिक्रिया