सुनको मुल्य बढ्दो क्रममा, सिजनल प्रभाव मुख्य कारण

काठमाडौं २१ असार २०८१

यो साता बिश्व बजारमा सुनको मुल्य बढ्दो क्रममा रहेको छ । मौसमी (सिजनल) प्रभाबले सुु नको मुल्य बृद्धिमा सामान्य चाप
परेको बिश्लेषकहरुले बताएका छन् । साताको पहिलो दिनदेखि नै निरन्तर बढ्ने क्रममा रहेको सुनको मुल्य पछिल्लो कारोबार भएको
दिन शुक्रबार सम्म नै बढ्यो ।
नेपाली बजारमा पनि यो साता सुनको मुल्य सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख २१
हजार ७ सय ४५ रुपैयाँ रहेको मुल्य साता भर निरन्तर बढेर साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ लाख
२३ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मुल्य पहिलो दिनको तुलनामा अन्तिम कारोबार भएको दिन शुक्रबार २ हजार ५५
रुपैयाँ बढी हो ।
यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ५
सय ३४ रुपैयाँ ५० पैसा रहेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ६ सय ३ रुपैयाँ कायम
भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया