|
|
२०८२ मंसिर २
37.1k views
ललितपुर । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज एकै दिन सुन तोलामा ३ हजार ८०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा खरिदविक्री भइरहेको छ । सोमबार भने सो मूल्य २ लाख ४३ हजार ३०० रुपैयाँ कायम थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ६५ रुपैयाँले घटेको हो । जसअनुसार आज चाँदीको मूल्य ३ हजार ९० रुपैयाँमा कारोबार हुनेछ । सोमबार भने चाँदीको मूल्य ३ हजार १ सय ५५ रुपैयाँ कायम थियो ।







फेसबुकबाट तपाईको प्रतिक्रिया