२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुनको मूल्यमा भारी गिरावट, चाँदीको मूल्य हालसम्मकै उच्च

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २४
|
50.3k views

ललितपुर। नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज एकै दिन सुन तोलामा ४ हजार २०० रुपैयाँ घटेको छ । जसअनुसार आज छापावाल सुन तोलामा २ लाख ३५ हजार रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी शुक्रबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा ३ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा ३ हजार ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । सुनको मूल्य घटे पनि चाँदीको आज कायम भएको मूल्य हालसम्मकै उच्च हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया