२०८२ आश्विन ८
6.9k views

ललितपुर। बुधबार नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ हजार ३ सयले बढेको हो ।
दिनदिनै सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रममा आज छापावाल सुन तोलामा २ लाख २३ हजार रुपैयाँ पुगेको हो ।
मंगलबार भने सुनको रेकर्ड मूल्य २ लाख २१ हजार ७०० रुपैयाँ थियो ।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार ६८० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर २ हजार ७०० रुपैयाँ पुगेको हो । चाँदीको मूल्य मूल्य हालसम्मकै उच्च हो ।
सुनसँगसँगै आज अमेरिकी डलरले पनि नयाँ रेकर्ड बनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया