|
|
२०८२ पुष २०
21k views
ललितपुर । आज साताको पहिलो दिन नेपाली बजारमा छापावाला सुनको मूल्य घटेको छ । लगातार चार दिन घटेर गत शुक्रबाट करिव तीन हजारले बढेको सुनको मूल्य आइतबार भने घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ हजार १०० रुपैयाँले घटेको छ । जसअनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ । शुक्रबार भने सुन प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँमा खरिदविक्री भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि घढेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेको हो । जसअनुसार आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँ कायम गरिएको छ । शुक्रबार भने चाँदी प्रतितोला ४ हजार ५ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।





फेसबुकबाट तपाईको प्रतिक्रिया