२०८२ भाद्र २०
1.5k views

ललितपुर। नेपाली बजारमा पछिल्लो समय निरन्तर उकालो लागि रहेको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य विहीबारको तुलनामा शुक्रबार तोलामा २ हजार ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।
अघिल्लो दिन अर्थात् विहीबार भने सुन तोलामा २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएकोमा आज भने २ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया