२०८२ आश्विन १६ | Oct 02, 2025

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ३०
|
2.3k views

ललितपुर । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्यमा प्रतितोला १०० रुपैयाँका दरले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने सुन प्रतितोला दुई लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । चाँदीको मूल्य निरन्तर ऐतिहासिक उचाई बनाउदै बढेको छ । सोमबार चाँदी तोलामा ५ रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो । सोमबारको बजारमा चाँदी दुई हजार ५७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबारको बजारमा चाँदी २ हजार ५७० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया