२०८२ फाल्गुन ६ | Feb 18, 2026

सुनचाँदीको मूल्यमा लगातार वृद्धि, कति छ आजको मूल्य ?

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १७
|
8.9k views

ललितपुर । नेपाली बजारमा पछिल्ला केही दिनदेखि सुन र चाँदीको मूल्यमा लगातार वृद्धि भइरहेको छ । बुधबार छापावाला सुन तोलामा ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ५४ हजार १०० रुपैयाँमा खरिदविक्री भइरहेको छ । मंगलबार भने छापावाला सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँ कायम रहेको थियो ।

त्यसैगरी आज चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ । बुधबार चाँदी तोलामा १ सय १० रुपैयाँले बढेको हो । जसअनुसार आज चाँदीको मूल्य ३ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने चाँदी ३ हजार ५ सय ४५ रुपैयाँमा खरिदविक्री भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया