सुन–चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, चैत ३, २०८१ । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला चार सय रुपैयाँले घटेको छ । आज नेपाली बजारमा सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि शुक्रबार तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार प्रतितोला २ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४५ रुपैयाँ कायम भइरहेको नेपाल सुन–चाँदी महासंघले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया