२०८२ आश्विन १६ | Oct 02, 2025

स्वास्थ्य बिमा नेपालको स्वास्थ्य सेवाको कोसेढुङ्गाः अध्यक्ष थापा

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २३
|
561 views

गण्डकी स्वास्थ्य बिमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले स्वास्थ्य बिमा नेपालको स्वास्थ्य सेवाको कोसेढुङ्गा बन्ने बताउनुभएको छ । स्वास्थ्य बिमा बोेर्डद्वारा आज पोखरामा आयोजित दर्ता अधिकारीहरूका लागि पुनःताजगी तालिम तथा स्वास्थ्य बिमाको गण्डकी प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रममा अध्यक्ष थापाले आम सर्वसाधारणको स्वास्थ्य सेवामा सहज पहुँचकै लक्ष्यका साथ यो कार्यक्रम अघि बढेको बताउनुुभयो । स्वास्थ्य बिमालाई व्यवस्थित एवम् प्रभावकारी बनाउनका लागि नीतिगत रुपमा नै विभिन्न व्यवस्था गर्दै बोर्ड अघि बढेको उहाँले बताउनुभयो । सबै स्थानीय तहमा प्रथम सेवा विन्दु पु¥याउने लक्ष्यका साथ बोर्ड अघि बढेको जिकिर गर्दै अध्यक्ष थापाले बिमित भइसकेको तीन महिनापछि मात्रै सेवा पाउने अवस्थाको अन्त्य गर्दै एक महिनापछि नै सेवा पाउने गरी व्यवस्था गरिएको बताउनुुभयो । बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले सरकारको पहिलो प्राथमिकताको कार्यक्रमका रुपमा स्वास्थ्य बिमा रहेको बताउनुुभयो । विश्वका १५० जति मुलुकमा स्वास्थ्य बिमाको कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै उहाँले नेपालमा यो कार्यक्रम सुरु भएको १० वर्षे अवधिमा राम्रो उपलब्धि हासिल भएको बताउनुभयो ।

विद्यम।न जटिलता, समस्याको समाधान गर्दै केही वर्षमा नै यसलाई थप व्यवस्थित एवम् प्रभावकारी बनाउँदै राष्ट्रिय गौरवको कार्यक्रमका रुपमा यसलाई अघि बढाइने उहाँले बताउनुुभयो । स्वास्थ्य बिमा बोर्डका सदस्य रामकुमार पोमु लिम्बूले बोर्ड स्थापनाको थोरै समयावधिमा धेरै काम भएका जिकिर गर्नुभयो । स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खरेलले गण्डकीमा बिमाप्रतिको आकर्षण बढ्दो अवस्थामा रहेको जानकारी दिनुुभयो । गण्डकीमा कुल बिमितको सङ्ख्या १२ लाख ९४ हजार ५०६ जना रहेको उहाँले बताउनुुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल, बोर्डका लेखा उपसचिव पदमप्रसाद पौडेल, प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपाली, डा सलोजा पोखरेल, स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेश समन्वय समितिका सदस्यसचिव डा रमेश केसी, गण्डकी मेडिकल कलेजका डा टुमाया घले, रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङ, पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिमल्सिनालगायतले स्वास्थ्य बिमाको सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया