|
|
२०८२ कार्तिक २८
1.9k views
ललितपुर । नेपाली महावाणिज्यदुतावासको निरन्तर अनुरोधका कारण चीनको विशेष प्रशासकीय क्षेत्र, हङकङको सरकारले भोलिदेखि ट्रान्जिट भिसाको प्रावधान हटाउने निर्णय गरेको छ । १५ नोभेम्बर अर्थात कात्तिक २९ गतेदेखि नेपाली राहदानी भएका यात्रुलाई ट्रान्जिट भिसा अनिवार्य नियम हटाएको छ। यसले नेपाली यात्रुको हङकङ विमानस्थलबाट यात्रा सहज हुने देखिन्छ ।
यसअघि सन् २००५ को जुन महिनादेखि नेपाली राहदानी भएका यात्रुलाई हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट हुँदै यात्रा गर्न भिसा दिनु पर्ने नियम लागू गरिएको थियो । हङकङले ट्रान्जिट भिसा अनिवार्य गरेका कारण नेपाली नागरिकले सास्ती भोग्दै आएका थिए । अब यस किसिमको बाध्यात्मक परिस्थिति सहजता पाउने भएको छ । यससँगै हङकङको विमानस्थल हुँदै यात्रा गर्ने नेपाली राहदानी भएका यात्रुको यात्रा सहज हुने अपेक्षा गरिएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया