२०८२ फाल्गुन ६ | Feb 18, 2026

१० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २४
|
1.4k views

ललितपुर । नेपाल राष्ट्र बैंकले आज फेरि (पुस २४ गते) १० अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘च’ निष्कासन गर्दैछ । बैंकको मौद्रिक व्यवस्थापन विभागले एक वर्ष अवधिको लागि यो ऋणपत्र जारी गर्न लागेको हो।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज मध्याह्न २ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत यसमा बोलकबोल गर्न सक्नेछन्। आजै ऋणपत्रको निष्कासन प्रक्रिया सम्पन्न गरिनेछ। यस ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुने र आर्जित ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ। लगानीकर्ता संस्थाहरूले न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निस्शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो ऋणपत्रको साँवा भुक्तानी एक वर्षपछि अर्थात् २०८३ साल पुस २४ गते हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया