२०८२ फाल्गुन ६ | Feb 18, 2026

९० प्रतिशतलाई लगाइयो हैजाविरुद्धको खोप

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर ७
|
918 views

ललितपुर । सरकारले बारा र पर्सामा करिब ९० प्रतिशतलाई हैजाविरुद्धको खोप लगाएको छ ।

दुई चरणमा सम्पन्न भएको बारामा ८८ दशमलव २५ प्रतिशत र पर्सामा ९० प्रतिशतलाई खोप लगाइएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिएका छन् । गौतमका अनुसार बारामा तीन लाख २२ हजार ९२६ र पर्सामा पाँच लाख ८९ हजार ३५४ जनालाई हैजाको महामारीविरुद्ध प्रतिकार्य खोप अभियानअन्तर्गत खोप लगाइएको छ ।

बारा र पर्सामा असोज २६ देखि कात्तिक २ र कात्तिक १३ देखि कात्तिक २७ गतेसम्म एक वर्षमाथिका सबैलाई हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो । शाखा प्रमुख डा गौतमले ति दुई जिल्लामा लगाइएको हैजाविरुद्धको खोप अहिलेसम्मकै सबैभन्दा धेरै ‘कभरेज’ रहेको बताए।

“अहिलेसम्म हैजाविरुद्धको खोप अभियानमा ७० देखि ८० प्रतिशतलाई लगाइने गरिएको थियो”, उनले भने, “घरघर गएर खोप लगाएइकाले ९० प्रतिशत खोप कभरेज रह्यो ।” उनले लगाउन छुटेका १० प्रतिशतलाई नियमित खोप कार्यक्रमअन्तर्गत खोप लगाइएको जानकारी दिए। गत भदौमा बारा र पर्सामा हैजाको प्रकोप फैलिएपछि स्वास्थ्य सेवा विभागले बाराका छ र पर्साका १४ स्थानीय तहमा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया