२०८२ चैत्र १५ | Mar 29, 2026

आधा सिलिन्डर ग्यास बिक्री गर्ने नेपाल आयल निगमको निर्णय

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २८
|
714 views

ललितपुर – नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अप्रत्याशित माग बढेपछि आपूर्ति व्यवस्थालाई सहज बनाउन भोलिदेखि आधा सिलिन्डर मात्र बिक्री गर्ने निर्णय गरेको छ ।

निगमका अनुसार, गत दुई–तीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग अत्यधिक देखिएको छ । साथै, मध्यपूर्वमा जारी युद्धका कारण विश्वव्यापी पेट्रोलियम पदार्थ र ग्यास आपूर्तिमा अवरोध सिर्जना भएपछि निगमले यो कदम चालेको हो ।

छिमेकी राष्ट्र भारतमा समेत ग्यास वितरणमा समस्या आएको समाचारपछि नेपाली उपभोक्ताहरूमा आवश्यकताभन्दा बढी ग्यास खरिद गर्ने प्रवृत्ति बढेको निगमले जनाएको छ ।

बढ्दो मागलाई सम्बोधन गर्न निगमले फागुन २९ देखि लागू हुने गरी प्रत्येक सिलिन्डरमा ७.१ केजी मात्र भरेर आधा विक्री गर्ने जनाएको छ। मूल्य भने ९५५ रुपैयाँ तोकिएको छ ।

निगमले आम उपभोक्तालाई बजारमा ग्यास अभाव हुन नदिने र सबैको भान्सामा इन्धन पुर्‍याउने उद्देश्यले यो नीति ल्याएको बताएको छ । हालको असहज परिस्थितिमा थोरै परिमाणमा धेरै उपभोक्तालाई ग्यास उपलब्ध गराउनु नै प्राथमिकता रहेको निगमले स्पष्ट पारेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया