
ललितपुर - विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस गर्नुभएको छ ।
सभाको आजको बैठकमा उहाँले सो प्रतिवेदन पेस गर्नुभएको हो । यही भदौ १ गतेको बैठकले दफावार छलफलका लागि समितिसमक्ष प्राप्त भई भदौ ८ गतेदेखि समिति बैठकमा छलफल सुरु भएको उहाँले सुनाउनुभयो । खाद्य, उपभोक्ता, स्वास्थ्य र वातावरणको मौलिक हकको संरक्षणका लागि विधेयकमा व्यवस्था गरिएको छ । समितिले सरोकार भएका सबै निकाय र नागरिक संस्थाका प्रतिनिधिसँग पनि सुझाव लिई प्रतिवेदनलाई अन्तिम रूप दिइएको सभापति रोकायाले जानकारी दिनुभयो ।
समितिको छलफलबाट विधेयकलाई थप समृद्ध बनाई प्रस्तुत गरिएको उहाँले सुनाउनुभयो । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका महासङ्घका प्रतिनिधिलाई पनि प्रतिनिधित्व गराउने व्यवस्था पनि विधेयकमा गरी समितिले प्रतिवेदन तयार पारिएको सभापति रोकायाले बताउनुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक असोज २ गते शुक्रबार १ः१५ हुनेछ ।

बिजनेस पाटी














