
ललितपुर - अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब २० करोड अमेरिकी डलर उपलब्ध गराउने विषयमा पाकिस्तानी अधिकारीहरूसँग कर्मचारी तहको सम्झौता गरेको छ । उक्त सम्झौता कार्यान्वयनका लागि आइएमएफको कार्यकारी बोर्डको स्वीकृति आवश्यक हुनेछ ।
आइएमएफकी वार्ताकार इभा पेट्रोभाले मध्यपूर्व द्वन्द्वको प्रभावका बाबजुद पाकिस्तानी अधिकारीहरूले अर्थतन्त्र व्यवस्थापन गरेको र कडा नीतिले समष्टिगत आर्थिक स्थिरता कायम राख्न सहयोग पुगेको बताउनुभयो ।
बढ्दो मूल्यवृद्धि, उच्च ऊर्जा मूल्य र आपूर्ति अवरोधका कारण पाकिस्तानको कमजोर अर्थतन्त्रमा दबाब कायमै रहेको छ । आइएमएफका अनुसार आर्थिक वर्ष २०२६ को पहिलो तीन त्रैमासिकमा पाकिस्तानको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि ४ प्रतिशत रहेको छ भने समग्र आर्थिक वृद्धि ३.६ प्रतिशत रहने अनुमान गरिएको छ ।
पेट्रोभालका अनुसार मेमा उच्च विन्दुमा पुगेको मुद्रास्फीति सेप्टेम्बरमा करिब १०.३ प्रतिशतमा सीमित रहेको छ । उहाँले मुख्य मुद्रास्फीति नियन्त्रणमा रहेको पनि बताउनुभयो ।



बिजनेस पाटी















