महँगो इन्धनका कारण विद्युतीय कारतर्फ आकर्षित हुँदै बेलायती उपभोक्ता

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन २०
|
204 views

ललितपुर - बेलायतमा नयाँ कारको बिक्री सेप्टेम्बरमा उल्लेख्य रूपमा बढेको छ। नयाँ कार दर्ता लगातार १० महिनादेखि बढिरहेको छ । सेप्टेम्बरको बिक्री सन् २०१७ यताकै सबैभन्दा धेरै भएको छ ।

सेप्टेम्बरमा बेलायतमा ३ लाख ५० हजार ५३६ नयाँ कार दर्ता भए। यो अघिल्लो वर्षको सेप्टेम्बरभन्दा १२ प्रतिशत बढी हो ।

    विद्युतीय र अन्य विद्युतीकृत कारको बिक्रीले बजार बढाउन ठूलो भूमिका खेलेको छ । यस्ता कारले कुल नयाँ कार दर्ताको ५८.४ प्रतिशत हिस्सा ओगटेका छन् ।

      प्लग–इन हाइब्रिड कारको दर्ता ५५.५ प्रतिशतले बढेको छ । त्यस्तै, ब्याट्रीबाट चल्ने विद्युतीय कारको बिक्री ३६.३ प्रतिशतले बढेर ९९ हजार २०१ थान पुगेको छ ।

      बेलायतमा अहिले विद्युतीय कारका १७८ वटा नमुना बिक्रीका लागि उपलब्ध छन् । सन् २०२३ यता यस्ता कारका विकल्प दोब्बरभन्दा बढी भएका छन् ।

      बढ्दो कारका विकल्प र महँगो इन्धनका कारण मानिसहरू विद्युतीय कारतर्फ आकर्षित भइरहेको बताइएको छ ।

      तर, सन् २०२६ का लागि तोकिएको विद्युतीय कारको बिक्री लक्ष्य भने अझै पूरा भएको छैन । यस वर्षको पहिलो नौ महिनामा विद्युतीय कारले कुल नयाँ कार दर्ताको २६.२ प्रतिशत हिस्सा मात्र ओगटेका छन् । लक्ष्य भने ३३ प्रतिशत रहेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube