रास्वपा सभापति लामिछानेद्वारा भीमफेदी सडक दुर्घटनाप्रति दुःखः व्यक्त

BusinessPati बिजनेस पाटी
|
२०८३ कार्तिक २७
|
102 views

ललितपुर - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छठ मनाउन घर फर्किदै गरेका सर्वसाधारण सवार यात्रुवाहक सवारीसाधन मकवानपुरको भीमफेदीमा भएको दुर्घटनाप्रति दुःखःव्यक्त गर्नुभएको छ ।

सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै भीमफेदीमा भएको कहालीलाग्दो सडक दुर्घटनामा नागरिकले अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘एउटै बस्ती र टोलमा पर्न गएको यो अकल्पनीय बज्रपातको पीडा शब्दमा व्यक्त गर्न असम्भव छ । यस दुःखद् घडीमा ज्यान गुमाउनुहुने सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’

सभापति लामिछानेले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘दुर्घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु ।’

उहाँले घाइतेको सम्पूर्ण निःशुल्क उपचारको व्यवस्था मिलाउन, मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube