असिना पानीले धानबालीमा क्षति

BusinessPati बिजनेस पाटी
|
२०८३ कार्तिक २७
|
153 views

ललितपुर - भोजपुर जिल्लाका विभिन्न ठाउँमा बुधबार अचानक असिना पानी परेपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ । धान भित्र्याउने समयमा एक्कासि असिना पानी परेपछि किसान समस्यामा परेका हुन् ।

जिल्लाका विभिन्न स्थानमा परेको असिना पानीले धानबालीमा क्षति पुगेको छ । भोजपुर नगरपालिका–५ का स्थानीय किसान धनबहादुर थापाले असिना पानीले धानमा क्षति पुगेको बताउनुभयो ।“हिजो एक्कासि असिना पानी पर्यो, उहाँले भन्नुभयो, ‘पुनः दोहोरिने चिन्ता हामीमा बढेको छ । यही असिना पानी आएमा धानबालीमा ठूलो क्षति पुग्ने अवस्था छ ।’ उहाँका अनुसार कतिपय किसानको धान काट्न बाँकी छ भने कतिपयले काटेर खेतमै सुकाइरहेका छन् ।

धान पाकेर खेतमा पहेँलपुर भएको अवस्थामा मौसममा आएको परिवर्तनले किसानलाई थप चिन्तित बनाएको छ । असिना पानी दोहोरिएमा पाकेको धान झर्ने, ढल्ने तथा काटेर सुकाइएको धानमासमेत क्षति पुग्ने जोखिम रहेको किसानको भनाइ छ ।

       पात्रो/राशिफल  रेडियो YouTube