द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा

BusinessPati बिजनेस पाटी
|
२०८३ मंसिर ३
|
51 views

ललितपुर - राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौं–तराई-मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङ छिचोल्ने ( ब्रेक थ्रु )कार्यक्रममा सहभागी हुन आज मकवानपुर आउनुभएको छ । उहाँ द्रुतमार्गको निरीक्षणमा समेत सहभागी हुनुहुने कार्यक्रम छ ।

नेपाली सेनाको हेलिकप्टरबाट महादेवटारस्थित द्रुतमार्गको निर्माण व्यवस्थापन केन्द्रमा अवतरण हुनुभएका राष्ट्रपति पौडेललाई बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलगायत उच्च अधिकारीले स्वागत गर्नुभएको थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube