नेप्से ११ अंक घट्दा ४ अर्बमाथि कारोबार

BusinessPati बिजनेस पाटी
|
२०८३ मंसिर ३
|
153 views

ललितपुर - सेयरबजारमा पुनः ११.०५ अंकको गिरावट आएको छ। नेप्से उक्त अंकले घटेर २६२५.०५ विन्दुमा झरेको हो ।

बुधबार ४ अर्ब १५ करोडको मात्र कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यस दिन ७० वटा सेयरको मूल्य बढे पनि १९९ वटाको घटेको र १० वटाको घटबढ नभएको नेप्सेले उल्लेख गरेको छ।

      यस दिन सेयरहरु अधिकतम ३.२६ प्रतिशतले बढ्दा ८.६३ प्रतिशतसम्मले घटेका छन्। कारोबारमा रिलायन्स स्पिनिङ मिल्स अगाडि छ। कम्पनीको ३२ करोडको किनबेच भएको हो।

      बुधबार सामूहिक लगानी कोष र वाणिज्य बैंक हरियो भए पनि बाँकी उपसूचक राताम्य छन्।

       पात्रो/राशिफल  रेडियो YouTube