एनएमबि बैंकलाई भिसा लिडरसिप कन्क्लेभमा दुई प्रतिष्ठित अवार्ड

BusinessPati बिजनेस पाटी
|
२०८३ मंसिर ९
|
102 views

ललितपुर - एनएमबि बैंक लिमिटेडले प्रतिष्ठित Visa Leadership Conclave मा दुई महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ । डिजिटल भुक्तानी तथा ग्राहकमुखी बैंकिङ सेवामा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई ‘Excellence in Product Innovation’ र ‘Excellence in Consumer Debit Cards Business – Principal Client’ अवार्ड प्रदान गरिएको हो ।

यी सम्मानले डिजिटल बैंकिङ क्षेत्रमा एनएमबि बैंकले गर्दै आएका नवीनतम प्रयास, प्रविधिको प्रयोग र ग्राहक सेवामा गरेको निरन्तर सुधारलाई थप पुष्टि गरेको बैंकले जनाएको छ ।

      बैंकले ग्राहकहरूको दैनिक वित्तीय कारोबारलाई सरल, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित आफ्ना डिजिटल बैंकिङ सेवाहरूलाई निरन्तर परिष्कृत गर्दै आएको छ । भरपर्दो डेबिट कार्ड सेवा तथा आधुनिक डिजिटल बैंकिङ सुविधामार्फत ग्राहकलाई स्वदेश तथा विदेशमा सहज, छिटो र सुरक्षित रूपमा वित्तीय कारोबार गर्ने सुविधा प्रदान गर्दै आएको बैंकको भनाइ छ ।

      प्रविधिको उच्चतम प्रयोगमार्फत ग्राहक अनुभवलाई उत्कृष्ट बनाउनु बैंकको प्रमुख प्राथमिकता रहँदै आएको छ । ग्राहकहरूको निरन्तर विश्वास र साथका कारण प्राप्त यस सफलताले आगामी दिनमा अझ गुणस्तरीय तथा नवीन बैंकिङ सेवा प्रदान गर्न थप प्रेरणा मिलेको बैंकले जनाएको छ ।

      एनएमबि बैंकले हाल देशभर १९६ शाखा, १७६ एटिएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube