
ललितपुर - महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत झापाकी छात्रा मुस्कान खातुनलाई ५० हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरेको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले बैंकले स्वर्गीय सीताराम प्रसाईको स्मृतिमा स्थापित ‘सीताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ खातुनलाई प्रदान गरेको हो ।
मेचीनगर नगरपालिका–१४, झापास्थित श्री सीताराम सामुदायिक अंग्रेजी विद्यालयमा आयोजित कार्यक्रममा बैंकका शाखा प्रबन्धकले विद्यालयका प्रधानाध्यापकमार्फत छात्रा खातुनलाई छात्रवृत्ति रकम हस्तान्तरण गरेका थिए ।
आर्थिक अभावका कारण विद्यार्थीले पढाइबाट वञ्चित हुनुपर्ने अवस्था न्यूनीकरण गर्दै शिक्षामा पहुँच र निरन्तरता बढाउन यस्तो कार्यक्रमले सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ । बैंकले वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको जनाएको छ ।



बिजनेस पाटी














