
ललितपुर - इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गर्नुभएको छ।
बगदादले तेल तस्करी रोक्ने प्रयासका लागि वासिङ्टनबाट प्रशंसा पाएपछि यस्तो उहाँले यस्तो भनाइ राख्नुभएको हो ।
राष्ट्रिय प्रसारक सेवाका अनुसार रेजाइले तेहरानमा इराकी राष्ट्रिय सुरक्षा सल्लाहकार कासेम अल–अबुदीसँगको बैठकमा भन्नुभयो, ‘इरान–इराक आर्थिक सहयोगमा विदेशीहरूलाई नकारात्मक प्रभाव पार्न दिनु हुँदैन।’
यस हप्ता इराकी प्रधानमन्त्री अली अल–जाइदीले कुर्दिस्तान क्षेत्रका सीमा नाकाहरू र केही तेल क्षेत्रहरूलाई सङ्घीय नियन्त्रणमा ल्याउने कदम चालेका छन् । यसको उद्देश्य तस्करी रोक्नु हो । बगदादले तेहरानसँग गठबन्धन रहेका शिया सशस्त्र समूहहरूलाई निशस्त्र पार्ने प्रयास पनि तीव्र पारेको छ । इराक र कुर्दिस्तान क्षेत्र लामो समयदेखि इरानतर्फ जाने तेलका यातायात मार्गका रूपमा काम गर्दै आएका छन् ।
इराकी सरकारका कदमहरूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा प्रशंसा गर्नुभएको थियो ।
वासिङ्टनले तेहरानमाथि इराक प्रयोग गरी प्रतिबन्ध छल्ने गरेको आरोप लगाउँदै आएको छ र यसअघि इराकी र इरानी तेल मिसाएर बेच्ने इराकी व्यक्ति तथा कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ ।
इराकी कारबाहीपछि इराकको राष्ट्रिय समाचार एजेन्सीले खुफिया कागजात उद्धृत गर्दै उत्तरी कुर्दिस्तान क्षेत्र हुँदै इरानतर्फ तेल ढुवानी हुने मार्गहरू खुलासा गरेको थियो ।



बिजनेस पाटी












