|
|
२०८३ कार्तिक २८
918 views

ललितपुर - कारले ठक्कर दिँदा आज एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ की ३० वर्षीया पैदलयात्री पार्वती भुजेल रहेकी छन् । भरतपुर महानगरपालिका–१६ फुर्तिचोकबाट नाविनचोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३४ च ९२२१ नम्बरको विद्युतीय कारले आज बिहान पैदलयात्री भुजेललाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भुजेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार सोही कारको ठक्करबाट अन्य दुई जना घाइते भएका छन् ।
घाइते दुई जना पैदलयात्रीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । घाइतेको अवस्था सामान्य रहेको छ । कार र कार चालक प्रहरीको नियन्त्रणमा छन् ।



बिजनेस पाटी







