२०८२ फाल्गुन ६ | Feb 18, 2026

गैँडाकोटमा स्कुटर ठक्कर, पैदलयात्रीको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ३
|
255 views

ललितपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा स्कुटरले ठक्कर दिँदा पैदलयात्री लखन तामाङ (५० वर्ष)को मृत्यु भएको छ ।

घटना गैँडाकोट नगरपालिका–८, सङ्गम मार्गमा भएको थियो, जहाँ प्रदेश ३–०२–०१४ प १४४३ नम्बरको स्कुटरले गएराति ठक्कर दिएको थियो ।

घाइते भएका लखन तामाङलाई चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न स्कुटर चालक प्रविन थापा मगर (२६ वर्ष, गैँडाकोट–८ करङ्घारी)लाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया