अफगानिस्तानमा विस्फोट, तीन बालबालिकाको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन १४
|
408 views

ललितपुर - पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तको बाला खोग्यानी जिल्लामा विगतका युद्धहरूबाट बाँकी रहेको विस्फोटक उपकरणमा मङ्गलबार विस्फोट हुँदा तीन जना बालबालिकाको ज्यान जानुका साथै एक जना घाइते भएको प्रान्तीय सरकारी कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ ।

बालबालिकाहरुले खेल्ने क्रममा खेलौना जस्तो वस्तु फेला पारेर त्यससँग खेल्न थालेको तर उक्त उपकरण विस्फोट हुदाँ उनीहरूको घटनास्थलमै मृत्यु भएको तथा एक जना बालक घाइते भएको विज्ञप्तिमा उललेख छ ।

      युद्धग्रस्त अफगानिस्तान कथित रूपमा विश्वको सबैभन्दा बढी दूषित र विस्पोटक खानीहरु भएको देशहरू मध्ये एक हो जहाँ चार दशक भन्दा बढीको युद्ध र नागरिक द्वन्द्वको समयमा जमिनमुनि विस्पोटक उपकरणहरू तथा खानीहरू बाँकी रहेको जनाइएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube