२०८२ फाल्गुन ६ | Feb 18, 2026

अमेरिकामा अत्यधिक हिमपात: २४ सय भन्दा बढी उडान रद्द

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १९
|
510 views

ललितपुर – संयुक्त राज्य अमेरिकामा शक्तिशाली हिउँको आँधीका कारण २४ सय भन्दा बढी उडान रद्द भएका छन् ।

उत्तरी क्यारोलिनाको शार्लोट डगलस अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूले शनिबार–आइतवारसम्म करिब १८ सय उडानहरू रद्द गर्नुपर्ने अवस्था आएको जानकारी दिएका छन्। रनवे र सडकमा हिउँ सफा गर्न ३०० जनाको सफाइ टोली तैनाथ गरिएको छ ।

त्यस्तै, हाट्र्सफिल्ड–ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलले आइतवार एटलान्टामा जाने लगभग ५० वटा उडान बाहेक ६०० भन्दा बढी उडानहरू रद्द हुने घोषणा गरेको थियो ।

अमेरिकी मौसम विभागले उत्तर र दक्षिण क्यारोलिनामा भारी हिमपात र तीव्र हावा सहितको तटीय आँधीबेहरीको चेतावनी जारी गरेको छ। ध्रुवीय हावाका कारण दक्षिण फ्लोरिडाका केही भागमा तापक्रम घट्नेपश्चिम भर्जिनियामा –३३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया