२०८२ चैत्र १५ | Mar 29, 2026

अष्ट्रेलियामा जलवायु संकट गहिरिँदै : वन्यजन्तु र वातावरणमा बढ्दो क्षति

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र १०
|
765 views

अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए पनि जलवायु परिवर्तनका कारण वन्यजन्तु र प्राकृति र वातावरणमा क्षति तीव्र रूपमा बढिरहेको एक नयाँ प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदन अनुसार सङ्घीय कानूनअन्तर्गत जोखिममा रहेका प्रजातिहरूको सङ्ख्या दुई हजार १७५ पुगेको छ, जुन सन् २००० यता चौवन्न प्रतिशतले बढेको हो । सन् २०२५ मा मात्र ३९ नयाँ प्रजातिहरू थपिएका छन् ।

त्यस्तै, अष्ट्रेलियाको समुद्री सतहको तापक्रम सन् २०२५ मा अहिलेसम्मकै उच्च स्तरमा पुगेको पाइएको छ । उपग्रहबाट निगरानी गरिएका अधिकांश प्रवालभित्ति क्षेत्रमा तापीय तनाव अत्यधिक बढेको छ, जसका कारण ठूलो स्तरको प्रवाल क्षयको घटना दोहोरिएको छ ।

प्रतिवेदनका प्रमुख अनुसन्धानकर्ताले जनाएअनुसार, बढ्दो समुद्री तापक्रमका कारण समुद्री जीवजन्तु र वातावरणले ठूलो क्षति भोगिरहेका छन् । यस्ता घटना पहिले दुर्लभ भए पनि अहिले बारम्बार हुन थालेका छन् ।

प्रतिवेदनले सन् २००० यता जोखिममा रहेका प्रजातिहरूको सङ्ख्या औसत ५९ प्रतिशतले घटेको यो पनि देखाएको छ । विशेषगरी सर्प र भ्यागुताका प्रजातिहरूमा उल्लेखनीय गिरावट आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया